दफा ३१५
गुठी सार्वजनिक वा निजी हुन सक्ने

(१) गुठी सार्वजनिक वा निजी हुन सक्नेछ ।
(२) देहायको उद्देश्य पूरा गर्नको लागि राखिएको गुठी सार्वजनिक गुठी मानिनेछ :–
(क) आर्थिक विकासका पूर्वाधार वा अन्य विकास सम्बन्धी कामको लागि प्रयोग हुने कोषको स्थापना, सञ्चालन तथाप्रयोग गर्ने,
(ख) निम्न आय भएका व्यक्तिहरूको सीप विकास तथा रोजगारीको अवसरको सिर्जना तथा विकासको कार्य गर्न आवश्यककोषको स्थापना तथा सञ्चालन गर्ने,
(ग) सामाजिक कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने,
(घ) विद्यालय, महाविद्यालय, विश्वविद्यालय जस्ता सर्वसाधारणको लागि उपयोगी हुने शैक्षिक तथा प्राज्ञिकसंस्थाहरू स्थापना गरी सञ्चालन गर्ने,
(ङ) अस्पताल वा स्वास्थ्य चौकी जस्ता सार्वजनिक प्रयोजनको लागि चिकित्सालय स्थापना गरी सञ्चालन गर्ने,
(च) प्राकृतिक, ऐतिहासिक वा साँस्कृतिक सम्पदाको संरक्षण वा त्यस्तो कार्यको प्रवद्र्धन गर्ने,
(छ) वन्य जन्तु, जलचर वा वातावरणीय संरक्षणका कार्यक्रम सञ्चालन गर्ने,
(ज) विभिन्न वर्ग, समूह वा समुदायको हित संरक्षण, कल्याण वा उत्थानको लागि कार्यक्रम सञ्चालन गर्ने,
(झ) खेलकुद सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने,
(ञ) सेवामुखी कल्याणकारी कार्य गर्ने,
(ट) उद्दार कार्य सञ्चालन गर्ने,
(ठ) मठ, मन्दिर, गुम्बा, चैत्य, मस्जिद, गिर्जाघर वा त्यस्तै अन्य धार्मिक कृत्य गर्ने,
(ड) सार्वजनिक हितको लागि अन्य सार्वजनिक कार्यक्रमहरू सञ्चालन गर्ने ।
(३) कुनै खास व्यक्ति वा समूह विशेषलाई हित, लाभ वा सुविधा पु¥याउने उद्देश्यले राखिएको गुठी निजी गुठी मानिनेछ।
(४) सार्वजनिक र निजी दुवै उद्देश्य पूरा गर्नको लागि कुनै गुठी स्थापना भएकोमा त्यस्तो गुठी सार्वजनिक गुठी मानिनेछ।